सुचना, समाचार र मनोरन्जन

जनमोर्चाका सांसद खीम विक्रम शाहीले गठबन्धन सरकारलाई समर्थन नगर्ने

पोखरा /

राष्ट्रिय जनमोर्चाका अर्का सांसद खीमविक्रम शाहीले गठबन्धन सरकारलाई समर्थन नगर्ने जनाएका छन् ।

उनले एक पत्र लेख्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धमा आफ्नो हस्ताक्षर छ भनि बाहिर विभिन्न संचारमाध्यमहरुमा प्रकाशित प्रसारित समाचारप्रति ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्,“ यो गठबन्धनमा मेरो सहभागिता र संलग्नता नभएको सम्बन्धित सबैलाई स्पष्ट गर्न चाहन्छु । साथै, म कुनै पनि गठबन्धनमा नभएको र तटस्थ रहेको जानकारी समेत गराउँदछु ।”

कमेन्ट्स
Loading...