पोखरा /
गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ ।
पत्रकार पौडेलको बिहीबार बिहान ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको कलेजले जनाएको छ । पोखराका असल संचारकर्मी भनेर चिनिएका ४२ वर्षीय पौडेललाई २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । पौडेल गण्डकी टेलिभिजनमा एक दशकभन्दा बढी समयदेखि कार्यरत थिए। उनमा कोरोनाबाहेक अरु समस्या नरहेको बताइएको छ ।