सुचना, समाचार र मनोरन्जन

एमाले भित्रको राजनीति किचलो : अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता तय

स्रोतका अनुसार आज दुई नेताबीच हुने वार्ताले अन्तिम निर्णय लिने

काठमाडौं /

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेका हुन् । भेटको समय र ठाउँ भने तय भएको छैन ।

कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ एक नेताले भने । स्रोतका अनुसार आज दुई नेताबीच हुने वार्ताले अन्तिम निर्णय हुनेछ। बिहीबार बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।

वरिष्ठ नेता नेपालले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राख्दै आएका छन्। आफूहरूको मागमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदहरूले आजै राजीनामा दिने समेत चेतावनी दिएका छन् ।

यसअघि नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको छ । कारबाही फिर्ताको निर्णयले वातावरण सकारात्मक बनाएको नेताहरुले बताएका छन् ।

कमेन्ट्स
Loading...