सुचना, समाचार र मनोरन्जन

नेपालमा कोरोना कहर : संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, सक्रिय संक्रमित १ लाख ५ हजार नाघे

  •  
  •  
  •  
  •  

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४,४६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपचारका क्रममा उनीहरूको मृत्यु भएको जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार चार सय ६६ पुगेको हो ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप आठ हजार नौ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज २० हजार दुई ४५ जनाको स्वाब परीक्षण गरिएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५१८ रहेको छ ।

कमेन्ट्स
Loading...