सुचना, समाचार र मनोरन्जन

बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन हस्तान्तरण

  •  
  •  
  •  
  •  

महोत्तरी /

कोरोना सङ्क्रमण वृद्धिभएसँगै बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन प्रदान गरिएको छ । बर्दिबास–१ का उद्योगी उमेश साहले आज अस्पताललाई ती अक्सिजनका सिलिण्डर हस्तान्तरण गरे ।

उनले बर्दिबास नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् । व्यवसायि साहले आफुले उपलव्ध गराएको अक्सिजन सिलिण्डर सङ्क्रमित र अन्य कारणले ज्यान जोखिममा रहेका बिरामीका लागि प्रयोग गर्न आग्रह गरे ।

नगरप्रमुख कार्कीले धमाधम सङ्क्रमित बढी रहेका बेला ती अक्सिजन सिलिण्डर ज्यान बचाउन सहयोग गर्ने बताए। अस्तालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले जटिल सङ्क्रमितलाई जोगाउन लागि अक्सिजनका सिलिण्डर प्रयोग गरिने जानकारी दिए ।

अस्पतालले पिसिआर उपकरण जडान गरी स्वाव सङ्कलन र परीक्षण सेवा दिदै आएको छ । गत हिउँदमा सङ्क्रमण देखिन छाडेपछि स्थगित गरिएको यो सेवा दोहोरिएर सङ्क्रमण बढेपछि पुनः सुचारु ग्रिएको हो । अक्सिजन सुविधासहितको १०० श्ययाको आइसोलेशन कक्ष सञ्चालन गरिन लागिएको नगरप्रमुख कार्कीले बताए ।

अस्पतालबाट ६३० जनाको स्वाव सङ्कलन गरिएको छ । ती मध्ये १९२ को नतिजा आउन बाँकी रहेको र २१० जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु यादवले जानकारी दिए । सङ्क्रमण पुष्टि भएमध्ये १०० हाराहारी नगरक्षेत्रका र अन्य अन्यत्रका रहेका जनस्वास्थ्य निरीक्षकसमेत रहनु भएका यादवले उल्लेख गए ।

अस्पतालमा हालसम्म अक्सिजन नै प्रयोग गर्नुपर्ने प्रकृतिका सङ्क्रमित हालसम्म नरहेका अस्पतालले जनाएको छ । यसैबीच आज बिहीवार कोविड–१९ सङ्क्रमणसँग मेल खाने लक्षण देखिएका १५ जनाको एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

कमेन्ट्स
Loading...