सुचना, समाचार र मनोरन्जन

प्रेम कथामा आधारित चलचित्र ‘प्रोफेसर इन लब’ रिलिज [ हेर्नुहोस् भिडियो ]

  •  
  •  
  •  
  •  

एसियन म्युजिकको प्रस्तुतिमा वेब चलचित्र प्रोफेसर इन लब [ प्रेममा प्राध्यापक ] रिलिज भएको छ ।

छोटो प्रेम कथामा बनेको वेब चलचित्र जुन एक प्रोफेसर र उसको विद्यार्थीको उथलपुथल सम्बन्धको गतिशीलता वरिपरि घुम्ने चलचित्रका निर्देशक पोखरेलले बताए ।

चलचित्रमा मिलनशंकर, अन्जु चौलागाई, बिभोर पोखरेल लगायतको अभिनय रहेको छ । यस्तै चलचित्रमा छायांकन अनिल के मानन्धर, एडीट सुप्रीम पराजुलीको रहेको छ । राउल प्रधानको अडियो मिक्सिंग रहेको चलचित्रमा स्टोरी, डायरेक्शन बिभोर पोखरेलले गरेका हुन् ।

एसियन म्युजिकले उत्पादन गरेको चलचित्रलाई युवा पुस्ताले रुचाउने निर्देशक पोखरेलले बताए। एसियन म्युजिकले यसअघि पनि विभिन्न खालको कथा बस्तुमा आधारित चलचित्र, म्युजिक भिडियो उत्पादन गरेको छ ।

कमेन्ट्स
Loading...