काबुल /
अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
आतङ्ककारीहरुले गरेको आतङ्कमा आफ्ना आठ जना देशवासीको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता तारिक अरिआनले बताएका छन्।

सुरक्षा अधिकारीहरुले राजधानीको पश्चिम भागमा सो कारबम विस्फोस्ट भएको पुष्टि गरेका छन् । एक स्वास्थ्य अधिकारीले पनि यस विस्फोटको पुष्टि गरेका छन् । यस विस्फोटको विस्तृत विवरण भने प्राप्त भएको छैन् । -रासस/एएफपी