पोखरा /
गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षण मन्त्री विकास लम्सालले आज पदभार ग्रहण गरेका छन् ।
मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार ग्रहण गर्दै उनले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताए । कोरोना माहमारीले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिपेक्षमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालू आर्थिक बर्षको कार्यक्रम कार्यान्वयमा उच्च प्रगति हासिल गर्ने तर्फ सरकार कृयाशिल बन्ने उनले बताए ।

आगामी आर्थिक बर्ष २०७८ र ०७९ को बजेट तर्जुमाको चरणमा रहेको हुँनाले जिल्लाका सन्तुलन, रोजगारी सिर्जना, कोरोनावाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनिकरण र आर्थिक सम्वृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उनले जोड दिए । युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवम् सामाजिक आर्थिक रुपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशिलता विकासका लागि व्यवसायिक, सिपमुलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवि निवारणमा टेवा पु¥याइने उनले बताए ।
प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए । सरकारले एक वडा एक वनवाटिका र एक स्थानीय तह एक हरित उद्यान समुदायमा आधिकारीक वनको संरक्षण , उत्पादन वृद्धि र संस्थागत सृदृढिकरण जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री लम्सालले स्पष्ट पारे । पदभार ग्रहण समारोहमा मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुले मन्त्री लम्साललाई स्वागत गरेका थिए ।