सुचना, समाचार र मनोरन्जन

‘तस्बिरमा हेर्नुहोस्’ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष कडेलको पुनः नियुक्ति

  •  
  •  
  •  
  •  

काठमाडौं /

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन्  । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनः नियुक्ति पश्चात आज विहिबार सिंहदरवारमा  प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष  केपी शर्मा ओलीसमक्ष सपथ ग्रहण गरेका हुन्  ।

सपथ ग्रहण पश्चात  उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।

कमेन्ट्स
Loading...