सुचना, समाचार र मनोरन्जन

राष्ट्रियसभा उपनिर्वाचन : बादललाई हराउँदै सदस्यमा देवकोटा निर्वाचित

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् ।

गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका हुन् । देवकोटाले ५०८८ मतभार पाए ।

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा बादल खिमलाल देवकोटासँग पराजित बनेका हुन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

कमेन्ट्स
Loading...