सुचना, समाचार र मनोरन्जन

डा. भट्टराईको ट्वीट : लौरो उभ्याएर भए पनि अहिल्यै वैकल्पिक सरकार दिऊँ

आजै गरौं, अहिल्यै गरौं !’ डा. भट्टराई । संविधान÷लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने उनको चिन्ता ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अहिल्यै वैकल्पिक सरकार दिनुपर्ने बताएका छन्। ‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !’ डा. भट्टराईले ट्वीट गरेका छन् ।

संसद, संविधान र लोकतन्त्र रक्षा गर्न जे गरेर हुन्छ त्यही गरेर वैकल्पिक सरकार दिनुपर्ने भट्टराई बताउँछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न सबैले आवश्यक त्याग गर्नुपर्ने पनि भट्टराईको भनाइ छ। संविधान÷लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने उनको चिन्ता छ। भट्टराईको भनाइ छ।

जसपाका केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन्।

कमेन्ट्स
Loading...