सुचना, समाचार र मनोरन्जन

नयाँ सरकार गठन बारे छलफल गर्न बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू

देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अगाडि बैठक सुरू । बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी सहभागी । राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने कांग्रेस नेताकांग्रेस नेताको माग। वैकल्पिक सरकार गठनलाई काँग्रेसले संविधान विपरीत र अलोकतान्त्रिक भनेको छ ।

नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अगाडि बैठक सुरू भएको हो।

राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको जनाएको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि कांग्रेसले बैठक बोलाएको हो। बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी सहभागी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन कांग्रेस नेताहरुले माग गरेका छन् ।

कांग्रेसले राष्ट्रपतिविरूद्ध महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, दलहरूको सहकार्यमा नयाँ सरकार गठनलगायतका विषय केन्द्रमा राखेर आज नेताहरूसँग छलफल गर्न बैठक राखेको हो।

बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जसलाई काँग्रेसले संविधान विपरीत र अलोकतान्त्रिक भनेको छ ।

कमेन्ट्स
Loading...