नेपाली कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि अरू दलहरूसँग छलफल गर्ने भएको छ। बैठकले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वानलाई असंवैधानिक भएको ठहर गर्दै यसमा कसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर थप निर्णय गर्ने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीलगायतका बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको प्रहार गरेको ठहर गरेको काँग्रेसले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म समय दिएकी थिइन्। प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ ।

‘संविधानको मर्म र भावना कुल्चने काम प्रधानमन्त्रीले गर्दै आएको र राष्ट्रपतिले त्यो प्रवृत्तिलाई सघाएको काँग्रेसको निश्कर्ष छ। बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’