काठमाडौं /
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूलाई वैकल्पिक सरकार बनाउन आग्रह गर्दै आफ्नो रचनात्मक सहयोग हुने प्रस्ट पारेका छन्। ओलीले राजनीतिक दलहरूलाई वैकल्पिक सरकार बनाउन आग्रह गर्दै आफ्नो रचनात्मक सहयोग हुने प्रस्ट पारेका हुन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गर्दै प्रधानमन्त्री नियुक्तिका लागि संसदबाट विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न २१ घण्टा समय दिने राष्ट्रपतिको निर्णयको पनि उनले बचाउ गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफू पनि सरकार बनाउन नसक्ने अनि विकल्पका लागि बाटो खोल्दा पनि दलहरुले विभिन्न भ्रम छरेको आरोप लगाए ।वैकल्पिक सरकार बन्न सक्दैन भने मलाई समर्थन दिनुस् भनेँ । त्यो नदिनका लागि घिनलाग्दो चक्रव्यूह बनाइयो ।’
ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको पनि बताए ।ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने समेत बताए ।