सुचना, समाचार र मनोरन्जन

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीका लागि पेश भएका दुवै दाबी खारेज…

काठमाडौँ /

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको खारेज गरेकी छन्।

दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी छन्।राष्ट्रपति कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।

संवैधानिक प्रावधान अनुसार अब वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै कमचलाउ रुपमा कार्यकारी अधिकार प्रयोग गर्नेछन्।

प्रधानमन्त्री ओलीले आफूसँग १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका थिए भने देउवाले भने १४९ जना सांसदको हस्ताक्षर बुझाएका थिए। जसमा एमालेले आफ्नो दाबीमा पनि गणना गरेको उसका २६ सांसद र जनता समाजवादी पार्टीका १२ सांसदको हस्ताक्षर थियो। राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए।

कमेन्ट्स
Loading...