सुचना, समाचार र मनोरन्जन

अमेरिका र चीनबाट एक करोड डोज खोप खरिद गर्ने तयारी सरकारले गरेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

खोपका लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागेको मन्त्री ज्ञवालीको भनाई । यो वर्षभित्रै लक्षित वर्गलाई खोप लगाउने गरि सरकार अघि बढेको जानकारी । चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोप जुन २ तारिखमा काठमाडौं आइपुग्नेछ ।

काठमाडौंं /

सरकारले चीन र अमेरिकाबाट कोभिड-१९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही देशले सहयोग घोषणा गर्ने प्रतिबद्धता जनाएकाले १५ दिनमा टुंगो लाग्ने जानकारी दिएका हुन् ।

PCCi MELa

खोपका लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागेको मन्त्री ज्ञवालीले बताए । त्यसका लागि अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ । यो वर्षभित्रै लक्षित वर्गलाई खोप लगाउने गरि सरकार अघि बढेको जानकारी उनले दिए । सरकार चीन र अमेरिकाबाट खोप खरिदका लागि केन्द्रित भएको उनले जनाए ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोप जुन २ तारिखमा काठमाडौं आइपुग्नेछ । चीन र नेपालका राष्ट्रपतिबीच सम्वाद भए लगतै चीनले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

खोप खरिद प्रक्रियामा दुबै मुलुकका सरकार तथा खोप निर्माता कम्पनीसँग सीधै प्रक्रिया अघि बढाउने जानकारी मन्त्री ज्ञवालीले दिए ।यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो, जसको दोस्रो डोज छुटेकाहरुले अहिले लगाइरहेका छन् ।

कमेन्ट्स
Loading...