सुचना, समाचार र मनोरन्जन

साताको सात तस्वीर

  •  
  •  
  •  
  •  

प्रेम थापा, पोखरा /

साताको सात तस्वीर मार्फत पछिल्लो एक हप्तामा समाजमा घटेका घट्ना परिघटनालाई हामीले प्रस्तुत गरेका छौ ।

प्रस्तुत छ, साताको सात तस्वीर :

सन्तानको माया आमालाई सबै भन्दा प्यारो हुन्छ । जीवन दिने आमाको माया लत्याएर सपनाको खोजी गर्न कहाँ सकिन्छ र ? आमा सर्वोपरि हुन ।

एक महिला आफ्नो सन्तानलाई लिएर गन्तव्य तर्फ

 

प्रकृतिसङ्ग रमाउदै खुल्ला आकाशमा पानीको मीठो स्पर्श अरु कहाँ ? हाम्रा निश्चलर शान्त बग्ने खोलाहरु सुशेली हाल्दै बोलाइरहेछन ।

पौडी खेल्दै पोखरेली

 

कोरोनाको सन्त्रास लकडाउनको झरीमा खाद्यन्य खरिद गरी फर्कदै सर्वसाधारण ।

खाद्यान्न खरिद गरि फर्केका सर्वसाधारण

 

एकातर्फ महामारी अर्कोतर्फ सुन्दर फेवाताल र वरिपरिको हरियो वातावरण । प्रकृतिको न्यानो स्पर्शमा रमाउनुको मज्जा बेग्लै छ ।

फेवाताल किनारको पार्कमा रमाउदै स्थानीय

 

रोगले भन्दा भोकले पिरोलेपछी काम गर्नु त पर्ने नै भयो । काम गरे पो पेटको भोक टार्न सकिन्छ । त्यसैले हामी त महामारी नभनी खटिइरहेका छौं ।

निर्माण कार्यमा जुटेका निर्माणकर्मीहरु

 

विकास हाम्रै पालामा सम्भव छ । गरे के हुदैन ? त्यसैले सबै मिलेर पोखराको विकासमा अग्रसर बनौं ।

पोखरा ८ सिर्जनाचोकमा निर्माण हुँदै गरेको आकाशे पुल

 

समयले सबै सिकाउछ भन्थे हो रहेछ । स्वस्थ जीवनयापनका लागि दैनिक एक घण्टा ब्याडमिन्टन खेले पनि शरीर स्फुर्त रहनेछ ।

ब्याडमिन्टन खेल्दै एक पर्यटक

तस्वीर : प्रेम थापा/ परिचय डटकम

 

कमेन्ट्स
Loading...