सुचना, समाचार र मनोरन्जन

राष्ट्रियसभा उप निर्वाचनको मतदान सकियो, २ सय ९७ जनाले हाले भोट

साढे ३ बजेपछि मतगणना । स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले गरे मतदान । प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले गरे । तीन बजेपछि मुचुल्का उठाएर मतगणना सुरू हुने मतपरिणाम आजै आउने । मतगणना अर्चुअल माध्यमबाट सार्वजनिक गरिने । एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा ।

  •  
  •  
  •  
  •  

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार राष्ट्रिय सभा उपनिर्वाचन भएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भए भने तीन जनप्रतिनिधि अनुपस्थित भएका छन् ।

मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको थियो । उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए।

निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे ।

तीन बजेपछि मुचुल्का उठाएर मतगणना सुरू हुनेछ। मतपरिणाम आजै आउनेछ। मतगणना अर्चुअल माध्यमबाट सार्वजनिक गरिनेछ ।

निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता थिए भने प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ ।

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

कमेन्ट्स
Loading...