सुचना, समाचार र मनोरन्जन

एमालेलाई फेरी लाग्यो झड्का : राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले पराजित । पाण्डेयले ४,१४० मत ल्याए भने खड्काले ३,५९४ मत पाए। पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । यसअघि बागमती प्रदेशमा एमालेका उम्मेदवार रामबहादुर थापा पराजित भएका थिए ।

  •  
  •  
  •  
  •  

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४,१४० मत ल्याए भने खड्काले ३,५९४ मत पाए।

विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए ।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये  पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार  खड्काले ९३ मत ल्याए।

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार रामबहादुर थापा पराजित भएका थिए ।

कमेन्ट्स
Loading...