सुचना, समाचार र मनोरन्जन

दिवंगत स्रष्टाहरूको सम्झनामा ‘सम्झनामा सर्जकहरू’  

  •  
  •  
  •  
  •  

काठमाडौं /  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सोमबार ‘सम्झनामा सर्जकहरू’ कार्यक्रम गरेर हालै दिवंगत भएका केही सर्जकलाई सम्झना गरेको छ।

कोरोनाको प्रकोपबाट दिवंगत भएका प्राध्यापक तथा अनेसासका पूर्व सल्लाहकार राजेन्द्र सुवेदी, साहित्यकार एवम् चलचित्र निर्देशक चेतन कार्की र साहित्यकार वानीरा गिरीका साथमा साहित्यकार कविराज पोखरेल, गायक प्रेमध्वज प्रधान, गायिका लासिमित राई, कलाकार शान्ति क्षेत्री, अनुवादक कोमल चित्रकारलगायतलाई कार्यक्रममा सम्झना गरिएको थियो।

अनेसास बोर्ड परिषद् सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. नेत्र एटम र नीलकमल सुवेदीले प्राध्यापक सुवेदीको वारेमा मन्तव्य राखेका थिए भने प्रकाश सायमी र मुरारी सिग्देलले साहित्यकार चेतन कार्कीका बारेमा श्रद्धा-सुमन व्यक्त गरे।

कार्यक्रममा डा. वानीरा गिरीको बारेमा अनेसास बोर्ड परिषद् उप-सभापति पदम विश्वकर्माले स्मरण गराएका थिए भने अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले दिवंगत सबै प्रति श्रद्धाका शब्दहरू व्यक्त गर्दै राजेन्द्र सुवेदीसँगको सम्बन्धका बारेमा बिचार राखेका थिए।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र कोषाध्यक्ष कृष्णकुमार गिरीले पनि मन्तव्य राखेका थिए।

कमेन्ट्स
Loading...