सुचना, समाचार र मनोरन्जन

कोरोनामुक्त भए मदनकृष्ण, भन्छन्, ‘जनता नै भएन भने कसलाई शासन गर्ने?’

  •  
  •  
  •  
  •  

काठमाडौं  / कलाकार मदनकृष्ण श्रेष्ठले सरकारले छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्नुपर्ने बताएका छन्। कोरोना मुक्त भएपछि उनले सामाजिक संजालमा सबैको मायाको बलले आफूले कोरोनालाई जितेको बताएका हुन्। कोरोना संक्रमण पुष्टी भएपछि दुई पटक अस्पताल भर्ना भएका मदनकृष्ण एक साताअघि घर फर्किएका थिए।

अहिलेको अवस्थामा सरकारले कोरोनालाई पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जती सकिन्छ छिटो भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहेको बताए।  ‘जनता नै भएन भने कसलाई शासन गर्ने ? होइन त ?’ उनले लेखेका छन्।

कमेन्ट्स
Loading...