सुचना, समाचार र मनोरन्जन

कोरोना रिपोर्ट नेगेटिभ सँगै कुवेतमा नेपाली टोलीको प्रशिक्षण ( हेर्नुहोस् तस्बिरमा )

कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीको २३ खेलाडीसहित ३५ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ । रिपोर्ट नेगेटिभ आए संगै नेपाली फुटबल टोलीले सोमबार गर्यो प्रशिक्षण । दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतमा समूह बीको बाँकी ३ खेल खेल्ने। नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा ।

  •  
  •  
  •  
  •  

फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीको २३ खेलाडीसहित ३५ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट नेगेटिभ आए संगै नेपाली फुटबल टोलीले सोमबार प्रशिक्षण गरेको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आइतबार राति कुवेत पुगेको थियो । त्यसअघि नेपाली टोली जिममा सहभागी भएको थियो । नेपालले काज्मा स्पोर्ट्स क्लबमा प्रशिक्षण गरेको हो ।

दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतमा समूह बीको बाँकी ३ खेल खेल्नेछ । नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।

फोटो  : एन्फा 

कमेन्ट्स
Loading...