सुचना, समाचार र मनोरन्जन

इन्भेष्टमेण्ट र हिमालयन तथा नबिल बैंक र युनाइटेड फाइनान्सले पाए मर्जरको सैद्धान्तिक सहमति

  •  
  •  
  •  
  •  

पोखरा /

नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेका नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकलाई सैद्धान्तिक सहमति दिएको छ ।

बैंक सञ्चालक समितिको गत सोमबार बसेको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि शैद्धान्तिक सहमति दिने निणर्य गरेको हो । यसका साथै नबिल बैंकमा विलय हुनका लागि युनाइटेड फाइनान्सलाई पनि सैद्धान्तिक सहमति दिने निणर्य बैंक सञ्चालक समितिले गरेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार माइन्युट भइनसकेकाले औपचारिक रुपमा सोमबारको सञ्चालक समितिको बैठक बाहिर आउन नसकेको हो । उनका अनुसार वाणिज्य बैंकका बीचमा भएको मर्जर प्रकृयालाई तीव्र बनाउन छिटो गरी निणर्य गरिएको हो ।

यसले अरु वाणिज्य बैंकलाई पनि मर्जरमा जानका लागि प्रोत्साहन मिल्ने स्रोतले बतायो ।

कमेन्ट्स
Loading...