सुचना, समाचार र मनोरन्जन

डिसहोमले ल्यायो यस्तो अभियानः  ‘मेरो मनको दोस्रो देश’

  •  
  •  
  •  
  •  

पोखरा /

युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए युरो २०२० का फुटबलप्रेमी दर्शकहरुलाई लक्षित गरी डिसहोमले आफ्नो नयाँ अभियान ‘मेरा मनको दोस्रो देश’ सुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए युरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम सम्पूर्ण रुपमा तयार रहेको जनाएको छ ।

दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्ट्समा हेर्न सक्नेछन् । सामाजिक सञ्जालहरुमा ‘मेरो मनको दोश्रो देश’ ट्रेन्ड गराई यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरुबीच रोमाञ्चकारी बनाउने डिसहोमले जनाएको छ ।

यसअन्तर्गत फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टिमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्नेछन् ।

हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्ने कम्पनीको भनाइ छ ।

यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबैभन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यासट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ‘ड्र’मार्फत बम्पर पनि जित्नेछ ।

यसबाहेक, फ्यानहरुले सामाजिक सञ्जालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिई विभिन्न उपहारहरु जित्न सक्ने जनाइएको छ । कम्पनीले यसका लागि निश्चित सर्तहरु राखेको छ ।

कमेन्ट्स
Loading...