सुचना, समाचार र मनोरन्जन

ललिता निवास प्रकरण : ४९ जनाको नाममा रहेको जग्गा सरकारीकरण हुँदै [ सूचीसहित ]

४९ जनाविरुद्ध २१ दिने सूचना

काठमाडौं । बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई मालपोत कार्यालय काठमाडौंले २१ दिनको अन्तिम सूचना प्रकाशित गरेको छ ।

आइतवार गोरखापत्रमा प्रकाशित सूचना अनुसार उनीहरु तीन साताभित्र मालपोत कार्यालयको सम्पर्कमा कारणसहित उपस्थित नभए सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जानेछ । सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङसहित ४९ जनाको नाममा अन्तिम सूचना जारी गरिएको हो ।

British college

यसअघि नै कुमार रेग्मी र नवीन पौडेलले आफ्नो नाममा रहेको जग्गा सरकारलाई बुझाइसकेकाले उनीहरुमाथि मुद्दा चलेको छैन । बाँकी सबैमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।

हेर्नुहोस सूची :

कमेन्ट्स
Loading...