सुचना, समाचार र मनोरन्जन

समृद्ध नेपाल सुखि नेपालीको आकांक्षालाई सफल पार्न मेरो ध्यान जाने छ : सिँचाई भण्डारी

  •  
  •  
  •  
  •  

जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखि नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताएका छन् ।

आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मत्री भण्डारीले आफुहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफुहरु सरकारमा सहभागि भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीले लिनुभएको समृद्ध नेपाल सुखि नेपालीलाई सफल पार्नको निम्ति आफ्नो ध्यान जाने बताएका हुन् ।

उनले भने – ‘जसपा र नेकपा (एमाले)को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामिले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामि मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौ भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाइ सम्बोधन गरेर अगाडी बढेको र हामिलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ ।’

उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडी बढाउने बताए ।

कमेन्ट्स
Loading...