सुचना, समाचार र मनोरन्जन

कर्णालीमा काँग्रेस पहिलो पटक सरकारमा, नवनियुक्त मन्त्रीले लिए शपथ

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका सांसद श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा सुर्खेतका बिसी नियुक्त । स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएको नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक सत्तामा । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय ।

  •  
  •  
  •  
  •  

कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका सांसद दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी नियुक्त भएका हुन्।मन्त्री बनेका दुई सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको छ ।

२०७४ मा आफ्नै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएको नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक सत्तामा गएको हो। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी भएको हो ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता काँग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएपछि २०७४ को निर्वाचनपछि काँग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग सत्ता साझेदार गरेको हो ।

पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

कमेन्ट्स
Loading...