सुचना, समाचार र मनोरन्जन

अफगानिस्तानमा बारुदी सुरुङ विस्फोटमा परेर ११ जनाको मृत्यु

  •  
  •  
  •  
  •  

अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर विस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ।

अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका छन्। निकै शक्तिशाली विस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खोंचमा झरेको बडघिस प्रान्तीय गभर्नर हेसामुद्दीन शाम्सले बताए।

उनले उद्धारकर्ताहरु घटनास्थलमा पुगेको जानकारी दिए। उक्त विस्फोटको कसैले पनि जिम्मेवारी लिइसकेका छैनन् तर प्रान्तीय सरकारले तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ।

तालिवान समूहले भने उक्त घटनाका बारेमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

 

कमेन्ट्स
Loading...