सुचना, समाचार र मनोरन्जन

काठमाडौंमा भोलिदेखि ‘६० देखि ६४’ वर्ष उमेर समूहलाई कोरोना खोप लगाइने [ हेर्नुहोस् सूचना ]

  •  
  •  
  •  
  •  

काठमाडौं /

काठमाडौं महानगरपालिकाले चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा ५ दिनसम्म लगाउने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको हो ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्नेछ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ ।

महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ। पहिलो खोप लगाएकालाई अहिले दोस्रो खोप लगाइने छैन। कुँवरले खोप लगाउने केन्द्र भने सोमबार तय गर्ने जानकारी दिए ।

कमेन्ट्स
Loading...