सुचना, समाचार र मनोरन्जन

विश्वकप छनोट : उच्च मनोबलसहित नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै

यस्तो छ, नेपाल र जोर्डनको हेड टु हेड

  •  
  •  
  •  
  •  

काठमाडौं /

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताईसकेका छन् ।

कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह ‘बी’ का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ ।

नेपाल र जोर्डनबीच अब हुने खेल चौथो हो । यसअघिका ३ खेलमा नेपालले जोर्डन हराउन सकेको छैन । एक पटक बराबरी रोक्नु नेपाली टोलीको जोर्डनविरुद्धको अहिले सम्मको सबैभन्दा सफल नतिजा हो । तर, त्यो एक दशक अघिको प्रसंग हो । त्यसयता नेपालीमा व्यापक परिवर्तन भएको छ ।

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन बलियो टोली भएपनि जितकै लागि खेल्ने बताएका छन् । उनले आइतबारको प्रिक्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने भन्दै जितकै लक्ष्य राखेर मैदान उत्रिने बताएका थिए ।

अघिल्लो खेलमा चाईनिज ताईपेलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ । जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए ।

दश वर्षअघि जोर्डनसँग उसकै भूमिमा पहिलो लेगमा ९–० ले गुमाएको नेपालले दोस्रो लेगमा १–१ को बराबरी गरेको थियो । घरेलु मैदानमा नेपाली टोली जोर्डनलाई रोक्न सफल भएको थियो ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

नेपाल र जोर्डनको हेड टु हेड

खेल : ३

जोर्डन जित : २

नेपाल जित :०

बराबरी : १

विश्वकप छनोट २०११ जुलाई : नेपाल ९–० ले पराजित

विश्वकप छनोट २०१९ जुलाई : १–१ को बराबरी

गोलकर्ता : भरत खवास

विश्वकप छनोट २०२१ अक्टोबर : नेपाल ३–० ले पराजित

कमेन्ट्स
Loading...