सुचना, समाचार र मनोरन्जन

खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं /  कञ्चनपुर जिल्लाको बेलडाडी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीव ४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही जिल्लाको बेतकोट नगरपालिका ५ बस्ने २७ वर्षिय सुरेश नेपाली र २८ वर्षीय सन्तोष विष्ट छन्। भारतबाट म २ प ९७५० नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुँडा र सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश राधाकृष्णबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला पारेको थियो।

पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोइन तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

कमेन्ट्स
Loading...