सुचना, समाचार र मनोरन्जन

पोखरामा मिक्स्चर दुर्घटना : एक युवकको मृत्यु, एक घाइते

पोखरा १४ चाउथेका अन्दाजी २९ वर्षीय थापाको दुर्घटना परी मृत्यु

  •  
  •  
  •  
  •  

पोखरामा मंगलबार मिक्स्चर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवा घाइते भएका छन् । प्रहरीका अनुसार पोखरा १४ चाउथेका अन्दाजी २९ वर्षीय अनिरोध थापाको दुर्घटना परी ज्यान गएको हो ।

पोखरा १८ सराङकोटबाट पोखरा तर्फ आउँदै गरेको ग १ क ३१८७ नं को मिक्स्चर मेथलाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहान करिब १० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

दुर्घटनामा चालक कोटेश्वर घर भई पोखरा -५ मालेपाटन बस्ने ३५ वर्षीय राजन ठकुरी गम्भीर घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिलवालले जनाकारी दिए । मिक्स्चर आफै अनियन्त्रित भई सडकको बायाँ तर्फ नालीमा पल्टिएको बताइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट्स
Loading...