सुचना, समाचार र मनोरन्जन

सिरियामा बसर अल असद चौथो पटकका लागि राष्ट्रपति निर्वाचित

  •  
  •  
  •  
  •  

सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन्।

उनले यस पटकको निर्वाचनमा उनका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत ल्याएका छन्। उनको ९५।१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ।

यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका हुन्। सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो। सिरिया लामो समयदेखि हिंसा जारी छ। यहाँका लाखौँ नागरिक यस हिंसाका कारण विस्थापित पनि हुन पुगेका छन्। साथै ४ लाख भन्दा पनि बढी नागरिकले ज्यान गुमाउन बाध्य भएका छन्।

 

कमेन्ट्स
Loading...