सुचना, समाचार र मनोरन्जन

होण्डाको सिबी ३५० डिएलएक्स सार्वजनिक

  •  
  •  
  •  
  •  

पोखरा /

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले बहुप्रतिक्षित होण्डाको सिबी ३५० डिएलएक्स सार्वजनिक गरेको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनिका अध्यक्ष सौरभ ज्योतिले यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई हिजो नेपाली बजारमा सार्वजनिक गरेका थिए ।

नेपालमा होण्डाको सिबि मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सिबी ३५० डिएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा यस सिबी ३५० डिएलएक्स को मूल्य ७ लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि तपाईंहरुले होण्डाको टोल फ्रि नं १६६००१४६६३२ ९नेपाल टेलिकम० र ९८०१५७११११ ९एनसेल० मा सम्पर्क गर्न सक्नुहुने कम्पनीले जनाएको छ ।

कमेन्ट्स
Loading...