सुचना, समाचार र मनोरन्जन

बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार दुई जना पक्राउ

  •  
  •  
  •  
  •  

काठमाडौं /  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ। उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी झापा भद्रपुर नगरपालिका-१ बस्ने ३८ वर्षीय मदन सुब्बा योङहाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पुनरावेदन अदालत ईलामको २०७३ वैशाख ७ गतेको फैसलाले  १ महिना १५ दिन कैद र ४७ हजार २ सय ८५ रुपैयाँ १० पैसा  जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

कमेन्ट्स
Loading...