सुचना, समाचार र मनोरन्जन

अब नेपालमा पनि पुनर्बीमा ब्रोकर कम्पनी खोल्न सकिने

  •  
  •  
  •  
  •  

पोखरा /

नेपालमा पनि पुनर्बीमा ब्रोकर कम्पनी खोल्न सकिने भएको छ । बीमा समितिले पुनर्बीमा ब्रोकर स्थापनाका लागि पुनर्बीमा ब्रोकर सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको हो ।

बीमा समितिले पुनर्बीमा दलाल कम्पनी खोल्नका लागि आवश्यक न्यूनतम अधिकृत पूँजी समेत तोकेर पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका ल्याएको हो ।

उक्त निर्देशिकामा बीमा व्यवसाय सञ्चालन गर्न सञ्चालित संगठित संस्थाको अधिकृत पूँजी कम्पनीमा दश करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । सो मध्ये पूँजीको ५० प्रतिशत रकम चुक्ता पूँजीको रूपमा कायम गर्नुपर्ने व्यवस्था छ । उक्त पूँजीमध्येबाट अधिकृत पूँजीको २५ प्रतिशत रकम समितिबाट एआर मार्क गराई वाणिज्य बैंकको मुद्धती खातामा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

पुनर्बीमा ब्रोकर कम्पनीको अवधि एक आर्थिक वर्षको हुने छ । पुनर्बीमा दलालको इजाजतपत्र लिन चाहाने व्यक्तिले पुनर्बीमा दलालको रुपमा दर्ता हुन प्रचलित कानून बमोजिम संगठित संस्थाको रुपमा संस्थापना र दर्ता भएको हुनुपर्ने छ ।

पुनर्बीमा दलालको इजाजपत्र लिनका लागि संगठित संस्था दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि प्रवन्धपत्र र नियमावली, सम्भाव्यता अध्ययन प्रतिवेदन, संगठित संस्थाको प्रमुख कार्यकारी अधिकृत वा प्रमुख व्यवस्थापकको व्यक्तिगत विवरण तथा समितिले आवश्यक देखेका अन्य कागजात तथा विवरण पेश गर्नु पर्ने व्यवस्था उक्त निर्देशिकाले गरेको छ ।

निवेदकलाई पुनर्बीमा दलालको इजाजत दिँदा पुनर्बीमा व्यवसाय स्वस्थ्य प्रतिस्पर्धात्मक र प्रभावकारी नहुने भएमा वा बीमितको हित संरक्षण हुनसक्ने नदेखिएमा, संस्थापक, सञ्चालक एंव मुख्य व्यवस्थापक पुनर्बीमा दलालको कार्य गर्न सक्षम भएको नदेखिएमा समितिले इजाजतपत्र दिन इन्कार गर्ने व्यवस्था समेत निर्देशिकाले गरेको छ ।

पुनर्बीमा दलालले बीमकले जारी गरेको बीमाले अन्र्तगत उत्पन्न हुने दायित्वको सम्बन्धमा बीमक ९पुनर्बीमित० को तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा÷पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर्बीमित÷पुनर्बीमकलाई उपलब्ध गराउने, पुनर्बीमा दावी भुक्तानी सहजीकरण गर्ने लगायतका काम गर्न सक्ने व्ययवस्था उक्त निर्देशिकाले व्यवस्था गरेको छ ।

निर्देशिका अनुसार पुनर्बीमा व्यवससाय सम्बन्धी कारोबार गर्न इच्छुक विदेशी पुनर्बीमा दलालले समितिमा सम्पर्क/शाखा खोल्न इजाजतको लागि समेत तोकिएको दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

यसैबीच,  अब बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने भएका छन् । बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अहिले कार्यान्वयनमा रहेको बीमा ऐनमा संस्थागत अभिकर्ता राख्न पाउने व्यवस्था छ । समितिले त्यसैलाई कार्यान्वयनमा ल्याउन लागेको हो ।

संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले मुख्य वा प्रमुख व्यवस्थापकहरुमध्ये कम्तिमा एक जनाले समिति वा समितिबाट मान्यताप्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि संचालन गरेको आफूले गर्न चाहेको किसिमको बीमा अभिकर्ताको तालिममा सहभागी प्रमाणपत्र लिएको हुनुपर्ने भनिएको छ ।

यस्तै, अभिकर्ताको संचालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एसइइ वा सो सरहको परीक्षा उतिर्न गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

कमेन्ट्स
Loading...