सुचना, समाचार र मनोरन्जन

सामाजिक सुरक्षा कोषलाई पत्र लेख्दै बैंकर्स संघले भन्यो- ‘जबरजस्ती नगर्नू’

  •  
  •  
  •  
  •  

पोखरा /

नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन जवरजस्ति नगर्न आग्रह गरेको छ । संघले कोषलाई पत्र लेख्दै कर्मचारीलाई मन लागे कोषमा आवद्ध गर्ने व्यवस्था गर्न आग्रह गरेको हो ।

संघले लेखेको पत्रमा भनिएको छ, “कोषमा आवद्ध हुन चाहने कर्मचारीलाई मात्र त्यहाँ आवद्ध हुने व्यवस्थाका लागि अनुरोध छ ।” संघले हालको अवकास कोषहरुमा आवद्ध हुन चाहने कर्मचारीहरुलाई त्यतै लाग्न दिन बाटो खुला गर्न भनेको छ ।

एउटै बैंकका कर्मचारीहरु दुईवटा फरक कोषहरुमा आवद्ध हुदा बैंकको काम बढ्ने भएता पनि कर्मचारीको सन्तुष्टिका लागि बैंकहरू थप व्ययभार लिन तयार भएको संघले जनाकारी गराएको छ ।

पछिल्लो समय कोषले २ बैंकहरुलाई सम्बन्धित बैंकसँग केही छलफल नगरी उजुरीमा एकतर्फी आदेश दिएको थियो । संघले यस विषयमा कोषका अधिकारीहरुले मिडियामा प्रचारात्मक रुपले अभिव्यक्ति दिएकोमा असन्तुष्टि समेत व्यक्त गरेको छ । सामाजिक सुरक्षा योजना लागू गरिएपछि बैंकका कर्मचारी आवद्ध हुनेबारे विभिन्न चरणमा छलफल भइरहेको छ ।

अहिले पनि कर्मचारीहरुको ठूलो समूह सामाजिक सुरक्षा कोषमा योगदान गर्नु भन्दा हालका अवकास योजनामा योगदान गर्दा नै अवकास पछि आफू बढि सुरक्षित हुने महसुश गरिरहेका छन् । यता कोषले पनि अन्य कोषसरह सुविधा दिन समयक्रममा नीतिगत सुधार अबल्बन गर्दै आइरहेको छ ।

संघले भनेको छ, “‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्यको सन्दर्भमा योगदानकर्ता जसको लागि कानून बनाइएको छ उसैलाई दुखी बनाउँदा न सरकारको उद्देश्य प्राप्ती हुन्छ न सम्बन्धित संस्थाको श्रम सम्बन्ध राम्रो हुन्छ ।”

कमेन्ट्स
Loading...