सुचना, समाचार र मनोरन्जन

ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरुङको सरकार : पाएनन् विश्वासको मत, गुरुङ पदमुक्त

संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु । पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले गरे मतदान । प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित । विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित।

  •  
  •  
  •  
  •  

पोखरा /

एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भए पछि ढलेको छ । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका हुन् । प्रदेशसभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन गरेको प्रस्तावमा उनको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए । सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् ।

विश्वासको मत प्राप्त नगरेपछि अब प्रदेशमा के हुन्छ भन्नेमा चासो बढेको छ । यद्यपि विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने जिकिर गर्दै आएको छ । विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र एक महिनाअघि प्रमाणित भएको दाबी मुख्यमन्त्री गुरुङले गरे ।

धारा १६८(५) मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।

कमेन्ट्स
Loading...