सुचना, समाचार र मनोरन्जन

महेशले भने, ‘साथीहरूका कारण मन्त्री बन्न पाइएन्’

  •  
  •  
  •  
  •  

काठमाडौं / नेकपा एमाले नेता महेश बस्नेतले आफ्नै साथीहरूका कारण मन्त्री बन्न नपाएको खुलासा गरेका छन्। साथै पार्टीभित्रका ती विरोधी साथीहरुलाई उनले धन्यवाद समेत दिएका छन्।

बिहीबार मन्त्रिमण्डल विस्तारपछि प्रतिक्रिया ब्यक्त गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले हरेक पटक मन्त्रिपरिषद् बिस्तार हुँदा आफ्नो नाम ब्यापक चर्चामा आउने गरेपनि आफ्ना सहयोद्धा साथीहरु मन्त्री बनाउने पक्ष र विपक्षमा लाग्ने गरेको उल्लेख गरेका छन्।  बस्नेतले राजनीति जीवनमा पद प्राप्ति मात्रै ठूलो कुरा नभएको पनि बताए।

उनले फेसबुकमा लेखेका छन्,’मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन्। पार्टी नीति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु।’

 

 

कमेन्ट्स
Loading...