सुचना, समाचार र मनोरन्जन

समृद्ध नेपाल सुखि नेपालीको नारालाई साकार बनाउछु : नैनकला थापा

  •  
  •  
  •  
  •  

काठमाडौं /  नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री  गयो भनेर होइन काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएकी छिन्।

बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताइन्। सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भुमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सुचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताइन्।

परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखि नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफु सधैँ खुल्ला रहेको स्पष्ट पारिन्। मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष हुन्।  साथै निवर्तमान गृहमन्त्री रामबहादुर थापाको धर्मपत्नी हुन्।

कमेन्ट्स
Loading...