सुचना, समाचार र मनोरन्जन

युरोकप आजदेखि, उद्घाटन खेलमा इटली र टर्की भिड्दै

  •  
  •  
  •  
  •  

कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० आज शुक्रबारदेखि सुरु हुँदैछ । अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सरेको हो ।

उद्‌घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको उद्‌घाटन खेल आज जुन ११ मा इटालीको रोममा हुँदैछ। मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो ।

सन् २०१२ को फाइनल खेलेको इटली त्यसअघि सन् १९६८ को आफ्नो पहिलो सहभागितामै विजेता बनेको थियो । इटलीले अहिलेसम्म ९ पल्ट युरो खेलेको छ ।

टर्की पछिल्ला ५ खेलमा अपराजित छ । उसले तीन खेल जितेको छ भने २ खेल बराबरी गरेको छ । त्यसकारण पनि उसले इटलीलाई कडा टक्कर दिनसक्छ । टर्कीले अहिलेसम्म पाँचपल्ट युरो खेलेको छ ।

यता, इटलीले पछिल्लो ५ खेलमध्ये पाँचवटै खेल जितेको छ । त्यस्तै, हेड टु हेडमा पनि इटली नै अघि छ । टर्कीविरुद्ध उसले अहिलेसम्म खेलेका सबै ३ खेल जितेको छ ।

युरो २०२० का लागि दक्षिण एसियाको प्रशारण अधिकार सोनी पिक्चर्स नेटवर्कले पाएको छ। नेपाली दर्शकले सोनी टेलिभिजनबाट युरो २०२० को प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्।

समूह चरणका खेल साँझ ६:४५ बजे, राति ९:४५ बजे र मध्यरात १२:४५ बजे (नेपाली समयअनुसरा) हुनेछन्। अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५ बजे हुनेछ।

समूह ए : टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी : नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

कमेन्ट्स
Loading...