सुचना, समाचार र मनोरन्जन

महालक्ष्मी लाइफले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने

  •  
  •  
  •  
  •  

पोखरा /

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमितहरुको समस्यालाई विचार गरी राहत स्वरूप आजबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था भएको छ ।

२०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई बिलम्व शुल्क छुट दिने कम्पनीद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन् ।

कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए ।

यही समस्यालाई मध्ये नजर गरी बिलम्ब शुल्कमा छुट दिन लागिएको कम्पनीका सीईओ रमेशकुमार भट्टराईले जनाएका छन् ।

कमेन्ट्स
Loading...