सुचना, समाचार र मनोरन्जन

रैराङ हाइड्रोपावरको संस्थापक शेयर अब साधारण सरह कारोबार गर्न सकिने

  •  
  •  
  •  
  •  

पोखरा /

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक शेयर कारोबारमा लगाइएको बन्देज बुधबारदेखि फुकुवा भएको छ ।

जेठ २६ गते बुधबारदेखि कम्पनीले आईपीओ बाँडफाँड गरेको तीन वर्ष पूरा भएकोले संस्थापक शेयर कारोबारमा लाग्दै आएको बन्देज फुकुवा भएको हो ।

बन्देज फुकुवा भएसँगै कम्पनीको संस्थापकहरुले बिहीबारदेखि संस्थापक र साधारण शेयरबीचको कारोबार बन्देज मुक्ता भई सर्वसाधारण शेयर जस्तै कारोबार गर्न सकिने भएको हो ।

यस्तै कम्पनीले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी र नेटवर्थ फरक परेकाले सच्चाएको छ।

कम्पनीका अनुसार प्रतिशेयर आम्दानी ९.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०९.०८ हुनुपर्नेमा भुलवश क्रमश १३.०३ र २०० रुपैयाँ भएको जनाएको छ ।

कमेन्ट्स
Loading...