सुचना, समाचार र मनोरन्जन

जनमोर्चाका कृष्ण थापा फेरि पदमुक्त

  •  
  •  
  •  
  •  

पोखरा /  राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ।

विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो।

तर प्रदेशसभा सदस्य थापा तटस्थ बसेकाले कारबाही गर्न जनमोर्चाको तर्फबाट पत्र प्राप्त भएकाले पदमुक्त गरिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए। प्रदेशसभाको आजै शुक्रबार बसेको बैठकमा पदमुक्त गरेको सूचना सभामुखले दिएका थिए।

जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो। तर, थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान, मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै थापा सर्वोच्च अदालत गएका थिए।

उनको रिटमा २३ जेठमा प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्च न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो।

कमेन्ट्स
Loading...