सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेश सरकार : मन्त्रीहरु अनुपस्थित भएपछि सभाको बैठक स्थगित

गण्डकी प्रदेश सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित ।

  •  
  •  
  •  
  •  

पोखरा /

गण्डकी प्रदेश सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार १ बजे बसिएको बैठक प्रदेश सभाको नियमाली विपरित भएको भन्दै स्थगित गरिएको हो ।

नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले विश्वासको मतको निर्णय आइसकेपछि कार्यपालिकाको बैठक नै नबसी विना सूचना प्रदेश सभाको बैठक डाकिएको आरोप लगाए । उनले भने, “ गण्डकी प्रदेश सभाको बैठक संचालन सम्बन्धमा नियमावली र हाम्रो परम्परा अनुसार बैठकमा सँधै माननिय मन्त्रीको उपस्थिति बैठक संचालन हुने गर्छ । आज माननिय मन्त्रीज्यूको उपस्थिति छैन ।

मन्त्रीज्यूको उपस्थिति विना प्रदेश सभाको बैठक कसरी चल्न सक्छ ? के अर्को नयाँ नियम हामीले बनाएका छौं र ? प्रदेश सभाको नियमावली अनुसार मन्त्रीज्यूको उपस्थिति नभएकाले आजको बैठक चल्न नसक्ने कुरा अनुरोध गर्दछु । साथै हिजो विश्वासको मत लिइसकेपछि प्रदेश सभाको बैठकको कुरा हामीसँग पनि सल्लाह नगरीकन राखियो । र विश्वासको मतको निर्णय भइसकेपछि सूचनाका आधारमा बैठक डाक्नुपर्ने थियो । कुनै सल्लाह नै नगरी बैठक बोलाइयो ।

त्यसकारण मन्त्रीको उपस्थिति विनाको बैठकमा हाम्रो सहभागी हुन सक्दैन । यसमा हाम्रो असहमति रहेको कुरा जानकारी गराउँदछु ।” त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखलाई पत्र लेख्ने कुरामा संविधान र प्रदेश सभाको नियमावलीमा कतै पनि उल्लेख नगरिएको जानकारी गराएका थिए ।

पत्र त लेख्ने तर प्रदेश सभालाई जानकारी गराउने विषय उल्लेख गरिएको र सोही बमोजिम प्रक्रिया अगाडि बढाइएको बताएका थिए । गण्डकी प्रदेश सभाको बैठकमा सत्तापक्षको तर्फबाट आज कुनै पनि मन्त्री तथा सांसदको उपस्थिति नरहेको तर प्रमुख सचेतकका हिसाबले मायानाथ अधिकारीको उपस्थिति रहेको सांसद इन्द्रधारा विष्टले जानकारी गराए ।

कमेन्ट्स
Loading...