सुचना, समाचार र मनोरन्जन

दाङको तुल्सीपुरमा गोली चल्यो, एकजना पक्राउ

  •  
  •  
  •  
  •  

दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् । दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा गोली चलेको हो।

तुलसीपुर उपमहानगरपालिका–८ का पुर्ण बहादुर ओलीले गोली चलाएका हुन् । पूर्ण बहादुरलाई होम मेड पेस्तोलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । सामान्य विवादमा तर्साउन गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट्स
Loading...