सुचना, समाचार र मनोरन्जन

पोखरीमा डुबेर धनुषामा ५ बालिकाको ज्यान गयो, २ जना बेपत्ता

जनकपुरधाम /

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टि मुसहरनीया ६ स्थित लक्ष्मीपुरमा खेतमा निर्माण गरिएको पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको हो ।

पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर र उत्तिम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली रहेका छन् । पोखरीमा डुबेर उनीहरुको मृत्यु प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए।

बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । हामीलाई खबर प्राप्त हुनासाथ प्रहरी परिचालन गरेको थियौं तर त्यहाँ पुग्दा ५ बालिकाको मृत्यु भैसकेको थियो । घटनास्थल पुगेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

अहिले उनीहरुको शव निकालेका छौं, २ जना अझै बेपत्ता छन। अहिले बेपत्ताहरुको खोजी कार्य जारी रहेको समेत उनले जानकारी दिए ।

कमेन्ट्स
Loading...