सुचना, समाचार र मनोरन्जन

डन छविका गणेश लामा रिहा

  •  
  •  
  •  
  •  

पोखरा । बिहीबार पक्राउ परेका डन छविका गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले उनलाई समाएको थियो ।

उनीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर बैदाम प्रहरी चौकीमा राखेको थियो । राजनीतिक चलखेलका लागि पोखरा आएको आशंका गरिएका लामालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट भर्खरै रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी गराए ।

उनका अनुसार लामालाई कास्की प्रहरी कार्यालयबाट सिडिओ कार्यालय लगिएको थियो । निशेधाज्ञा उल्लंघनका विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीले बयान लिएपछि लामा सहित अरु दुई जनालाई पनि जनही दुई हजार रुपैयाँ जरिवाना तिराएर रिहा गरिएको उनले बताए । यसअघि लामा पक्राउ परेपछी नेपाली कांग्रेसले रिहाईको माग गरेको थियो ।

रिहाई नगरिए सकड आन्दोलनमा उत्रिने चेतावनी कांग्रेसको थियो । कास्की प्रहरी प्रशासनलाई १ बजेसम्मको अल्टिमेटम दिएकोमा १ नबज्दै उनको रिहाईको हल्ला चलेको थियो । रिहाइ हुने भएपछी आन्दोलनको कार्यक्रम स्थगित गरिएको नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य भानु ढकालले जानकारी गराए । लामालाई २:४० बजे छाडिएको हो । डन छविका लामा कांग्रेस निकट हुन् ।

कमेन्ट्स
Loading...