सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, भोलि ३ बजेसम्म समय

  •  
  •  
  •  
  •  

पोखरा /  गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार २४ घन्टा समय दिएर संविधानको १६८ (५) अनुसार भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा १६५ को उपधारा (३) बमोजिम मिति २०७८/०१/२९मा माननीय प्रदेश प्रमुखज्यूबाट मुख्यमन्त्रीको पदमा नियुक्त भएका माननीय पृष्वीसुब्वा गुरुङले संविधानको धारा १६५ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको भनी प्रदेश सभाको मिति २०७८/०२/२८ गतेको पत्रबाट जानकारी हुन आएको  जारी विज्ञप्तिमा लेखिएको छ।

‘संविधानको धारा १६०को उपधारा (५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि मिति २०७८/०२/२९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिमको प्रदेश सभाका सदस्यहरुलाई आब्हान गरिएको छ’, जारी विज्ञप्तिमा लेखिएको छ, ‘अर्को प्रदेश मन्त्रिपरिषद्‌ गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य गर्ने गरीसंविधानको धारा १६९ को उपधारा (३) बमोजिम तोक्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि समेत यो प्रेस विज्ञप्ति जारी गरिएको छ।’

कमेन्ट्स
Loading...