सुचना, समाचार र मनोरन्जन

सुवानी पेनडामिक कोभिड लाइफ चेन्जर 2078 हुँदै

  •  
  •  
  •  
  •  

Su Zee Na’Zz इन्टरटेन्टमन प्रा.लि.ले कोभिड १९को समयमा बालबालिकालाई घरमै बसि अझ रचनात्मक बनाउन “अनुभब साटौं,भनौं कथा, सुनाओैं कोभिडको समस्या” भन्ने मुल नाराको साथ जेठ ३१ गतेदेखि Suvani Pandemic Covid-19 Life Changer 2078 सिजन फस्ट contest सुरु गर्न लागेको छ ।

सो कन्टेस्ट संचालनका लागि पाँच जना युवाहरु मिली सँगै कार्य गर्दै आएका छन्। यो एक महिना भर्चुअल सेसनमा हुनेछ । सामाजिक दुरी र स्वास्थ मापदण्डका साथ बिधालयका बिधार्थीहरुले घरमा नै बसि यो कन्टेस्टमा सहभागी हुन सक्ने छन् । विभिन्न स्कुल र चाइल्ड होमहरुका बालबालिकासँग इन हाउस स्टोरीटेलिङ सेसन, अनुभब साटासाट, कोभिडको असर सम्बन्धीहरु भइराखे पनि यसरी जहाँसुकैबाट, इच्छुक बालबालिका र अभिभावक सहभागी हुन पाउने भर्चुअल सेसनमा ५ मिनेट सम्मको भिडियो बनाई फारम सँगै email वा फेसबुक पेजमा मेसेन्जर मार्फत पठाउन सकिने छ ।

यस्ता कार्य र कन्टेस्टले बालबालिकहरुलाई आफुमा भएको बोल्न सक्ने क्षमता पनि बढ्ने अनि लकडाउनको समयको पनि सदुपयोग हुने कार्यक्रम-संयोजक सुजिना श्रेष्ठको प्रतिक्रिया रहेको छ। श्रेष्ठले भने “मेरो लागि यो पहिलो अनुभब हो । फरक फरक ठाउँका फरक फरक उमेर भएका समूहका साथीहरुसँग भेट्न म पनि आतुर छु।लकडाउनको समयमा बालबालिकाको प्रतिभा यसरी अगाडि ल्याउन पाउनु अहिलेको समयमा राम्रो हो ।

अहिले पहिलो सिजनमा ४ बर्ष देखि १७ बर्षको बालबालिकाले सहभागी हुन सक्छन् । यस कन्टेस्टमा सुजिना श्रेष्ठ किर्तीपुरबाट लगायत अरु युवाहरु सिभानी कार्की पोखराबाट ,श्रीजन वैद्य काठमाडौंबाट,राजिब श्रेष्ठ भक्तपुरबाट, बिबुल अमात्य ललितपुरका प्रतिनिधि रहेका छन् । उनीहरुले अगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने जानकारी दिए ।

कमेन्ट्स
Loading...